इटालियन सिरिएको अन्तिम खेलमा युभेन्टस पराजित

 जेठ १३, २०७६ सोमबार ९:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएको अन्तिम खेलमा युभेन्टस पराजित भएको छ । यसअघि नै लिगको उपाधि जितिसकेको युभेन्टस लिगको नवौँ स्थानमा रहेको साम्पडोरियासँग २–० ले पराजित भयो ।

युभेन्टस टिममा रोनाल्डो उपस्थित थिएनन् । साम्डोरियाको मैदानमा भएको खेलमा घरेलु टिमले अन्तिम समयमा दुई गोल गर्दै जित हात पारेको थियो । 

पहिलो हाफ गोलरहित बनेको खेलको ८४औं मिनेटमा ग्रेगोर डिफ्रेलले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा जियानलुका काप्रारीले  गोल गर्दै साम्पडोरियालाई २–० को जित दिलाए ।

यो नतिजाले दुबै टिमको पोजिसनमा कुनै असर परेन । युभेन्टसले यसअघि नै लिग जितिसकेको छ भने साम्डोरिया नवौं स्थान हासिल गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया