युवा विदेशमा, गाउँमा लास उठाउन समेत सास्ती

 जेठ २२, २०७६ बुधबार १८:१५:४ | रासस

सिरहा – युवा वैदेशिक रोजगारीमा गएपछि सिरहाका विभिन्न गाउँमा बुढापाकालाई सास्ती भएको छ । 

गाउँमा युवा नहुँदा विवाह, व्रतबन्ध तथा मर्दापर्दा लास घाटसम्म पुर्याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले बताउनुभयो ।

गाउँमा रोजगारी नपाएपछि धेरैजसो युवा रोजगारी खोज्दै खाडी जाने गर्छन् । जसको असर गाउँमा परेको छ । 

घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा  बुढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभावका कारण विदेशिने क्रम बढिरहेका बेला देशमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए  । 

नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरे पनि सीप सिकेका युवाले त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यस्तो समस्या आएको हो ।

गाउँमा युवा नभएपछि यता दक्ष जनशक्तिको अभाव हुनुका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको स्थानीय विष्णुदेव चौधरीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया