प्रदेश ३ काे नाम ‘नेवाः तामसालिङ’ राख्न माग

 जेठ २५, २०७६ शनिबार १६:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रदेश ३ का केही सांसदहरुले नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गरिनुपर्ने बताएका छन् । 

शनिबार काठमाण्डौको तमुबौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गर्दै उनीहरुले संविधानले तय गरेका पहिचानका ५ र सामर्थ्यका ४ आधार तथा संघीयताको अन्तराष्ट्रिय अनुभवका आधारमा आफूहरुले नेवाः तामसालिङ  नाम  प्रस्ताव गरेको बताए ।

प्रदेश नम्बर ३ ले बहुपहिचानलाई प्रतिनिधित्व गरेको भएपनि मुख्य बाहुल्य नेवार र तामाङ समुदायको भएको भन्दै सांसदहरुले प्रदेशको नाम नेवा तामसालिङ नै राखिनुपर्ने दावी गरे । पत्रकार सम्मेलनमा सांसद सीता अधिकारीले विभिन्न सभ्याताहरुको योगको रुपमा रहेको नेवा सभ्यता र बत्तिस हजार वर्ष पुरानो इतिहास बोकेको तामसालिङ सम्भताको वस्तुगत धरालतीय आधारमा बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः तामसालिङ नामाकरण गर्नु उपयुक्त हुने तर्क गर्नुभयो ।

अर्का सांसद रत्न ढकालले २० प्रतिशत तामाङ र १७ प्रतिशत नेवार बसोबास गर्ने भएकाले त्यसैलाई आधार बनाएर नामाकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी सांसद प्रतिमा श्रेष्ठले जातीय पहिचान तथा प्रदेशको बसोबासको वस्तुस्थितिकै आधारमा नाम प्रस्तावित गरिएको बताउनुभयो ।

प्रदेश नम्बर ३ को सचिवालयमा यही जेठ ९ गते सांसद ओम घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक रही ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ प्रदेश राखियोस् भनी प्रस्ताव दर्ता भएको छ । यस प्रस्तावलाई सांसदहरु रत्न ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थन गर्नुभएको छ । अहिले सम्म प्रदेशका लागि गौरीशंकर र नेवामण्डल गरी थप दुई नामका प्रस्ताव पनि दर्ता भएका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया