विश्वकप क्रिकेट: भारतले अष्ट्रेलियालाई दियाे ३५३ रनको लक्ष्य

 जेठ २६, २०७६ आइतबार १९:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपमा भारतले साविक विजेता अष्ट्रेलियालाई तीन सय ५३ रनको बलियो लक्ष्य दिएको छ ।

लण्डनकाे ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउँदै तीन सय ५२ रन बनायो । निकै बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि एक सय २७ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर रोहित शर्मा ५७ रन बनाएर आउट भएपछि भारतले पहिलो विकेट गुमायो । रोहितले ७० बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । उनी अष्ट्रेलियाविरुद्ध दुई हजार रन पूरा गर्ने दोस्रो भारतीय खेलाडी समेत बनेका छन् । त्यसपछि दोस्रो विकेटका लागि शिखर धवन र कप्तान विराट कोहलीबीच ९३ रनको साझेदारी भएपछि भारत झन बलियो बन्यो ।

दुई सय २० रन बनाउँदा दुई विकेट गुमाएको भारतले तेस्रो विकेटका लागि पनि ७९ रनको साझेदारी गर्न सफल भयो । उसका लागि शिखर धवनले शतकीय पारी खेले । उनले १ सय नौ बलमा १६ चौकासहित एक सय १७ रन बनाए ।

यस्तै हार्दिक पाण्ड्याले २७ बलमा ४८ रन बनाए । जसमा उनले चार चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले पनि ८२ रनको योगदान गरे ।

यस्तै महेन्द्रसिंह धोनीले २७ रनको योगदान गरे ।

बलिङमा प्याट कमिन्स, मिचेल स्टार्क र मार्कस स्टोइनिसले एक-एक विकेट लिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया