विदेशबाट फर्किएर व्यवसाय गरिरहेकालाई इलाम नगरपालिकाले सस्तो ब्याजदरमा ऋण दिने

 असार १५, २०७६ आइतबार १६:३५:५३ | सुजता सुनुवार

इलाम– विदेशबाट फर्किएर व्यवसाय गरिरहेकालाई इलाम नगरपालिकाले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको पाँचौ नगर सभाले ७ प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत ऋण लिने व्यवसायी वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा व्यवसाय गरीरहेको भए एक वर्षको व्याजमा एक प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ । 

समूहगत धितोमा व्यवसायीले एक लाख रुपैयाँसम्म ऋण पाउनेछन् भने नगरपालिकाभित्रको सेयर सदस्य वा उद्योग वाणिज्य संघको सदस्य भएमा सम्बन्धित संस्थाको सिफारिस र जमानतमा थप एक लाख रुपैयाँ गरी दुई लाखसम्म ऋण पाउने व्यवस्था गरिएको  नगरपालिकाले जनाएको छ । 

व्यवसायमा युवालाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख महेश बस्नेतले बताउनु भयो । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया