सडक दुर्घटनामा परी मलेसियामा नेपालीको मृत्यु

 असार २९, २०७६ आइतबार १०:१६:३० | रासस
unn.prixa.net

सडक दुर्घटनामा परेर मलेसियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको ज्यान गएको छ ।

शुक्रबार मलेसियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै ज्यान गएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो ।

आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भएका र त्यही कम्पनीमा कार्यरत शिव दाहालको समेत ज्यान गएको बताइएको छ । ज्यान गुमाउने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया