आगलागीमा परी कुवेतमा तीन जना नेपालीको ज्यान गयो

 असार २९, २०७६ आइतबार १२:५२:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ ।

शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उहाँले बताउनुभयो । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ।

अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भए/ नभएकोबारे अहिले पुष्टि नभएको पनि मगरले जानकारी दिनुभयो । ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’ उहाँले भन्नुभयो ।

मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया