कतारमा ज्यान गुमाएका ललितको परिवारमा अर्को शोक

 साउन २८, २०७६ मंगलबार १७:८:२४ | उज्यालो सहकर्मी

महेश्वर नेपाल, कतार ।

कतार – कतारमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका धनकुटाका ललित लिम्बूको परिवारमा अर्को शोक थपिएको छ ।

श्रीमानको मृत्यु भएको खबर सुनेर ललितकी श्रीमतीले पनि आत्महत्या गरेपछि परिवारमा शोक थपिएको हो । बकर इदको बिदा मनाउन समुद्री किनारामा पौडी खेल्ने क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३, का ३३ वर्षीय ललित लिम्बूको आइतबार ज्यान गएको थियो ।

श्रीमानको मृत्यु भएको खबर सुनेपछि उहाँकी श्रीमती टीका लिम्बूले झुण्डिएर आत्महत्या गरेको धनकुटा समाजका कतारका महासचिव रविन राना मगरले जानकारी दिनुभयो ।

टीका एक महिना पहिले कतारबाट नेपाल फर्किएको र ललित पनि नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो । टीका पाँच महिनाको गर्भवती भएको पनि समाजका महासचिव मगरले बताउनुभयो ।

कतारमा रहेको धनकुटा सेवा समाजका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया