आइतबार सबै विदेशी मुद्राको भाउ घट्यो

 भदौ १५, २०७६ आइतबार ११:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्रबैंकले आइतबार १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा बिक्रीदर ३० रुपैयाँ ३० रुपैयाँ ५४ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा थियो ।

आइतबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा पुगेको छ । शुक्रकार यसको १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो । 

यस्तै मलेसियन रिंगिटको मूल्य पनि घटेको छ । आइतबार १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा पुगेको छ । शुक्रकार यसको १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा पुगेको छ । शुक्रबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ३ पैसा थियो ।

यस्तै बहराइन दिनारको १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८४ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५८ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया