श्रीलंकाविरुद्धको टी–२० सिरिज न्यूजिल्याण्डको पक्षमा

 भदौ १८, २०७६ बुधबार ६:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको टी–२० श्रृङ्खला अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पाहुना टोली न्यूजिल्याण्ड विजयी भएको छ । घरेलु टिमलाई चार विकेटले हराउँदै न्यूजिल्याण्डले तीन खेलको श्रृङ्खला एक खेल अगावै जितेको छ । 

यसअघि पहिलो खेलमा पनि न्यूजिल्याण्ड पाँच विकेटले विजयी भएको थियो । श्रीलंकाको पेल्लेकेले रंगाशालामा भएको खेलमा घरेलु टिमले दिएको १६२ रनको लक्ष्य न्यूजिल्याण्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । न्यूजिल्याण्डको इनिङमा कोलिन डि ग्राण्डहोम र टम ब्रुसले उत्कृष्ट प्रदर्शन गरे । 

पाँचौं विकेटका लागि ग्राण्डहोम र ब्रुसले १०९ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार खडा गरेका थिए । ब्यक्तिगततर्फ ग्राण्डहोमले ५९ रन बनाए भने ब्रुसले ५३ रन जोडे । 

बलिङतर्फ अकिला धनञ्जयाले तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा नौ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । 

श्रीलंकाका लागि निरोसन डिकवेल्लाले ३९ रन बनाए भने अभिष्का फर्नाण्डोले ३७ रन बनाए । यस्तै कुशल मेन्डिसले २६ तथा सेहान जयसुरियाले २० रन बनाए । बलिङतर्फ न्यूजिल्याण्डका सेठ रान्सले तीन विकेट लिए भने टिम साउथी र स्कट कुग्गेलिनले दुई दुुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया