श्रमिकको सुरक्षा र समानतामा केन्द्रित भएर काम गरिरहेका छौं : मन्त्री विष्ट

 असोज ३०, २०७६ बिहिबार १७:३:४० | उज्यालो सहकर्मी

यूएई – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा, पारदर्शी भर्ना प्रक्रिया र सबै श्रमिकलाई समान व्यवहार गर्नेगरी काम गरिरहेकाे बताउनुभएको छ ।

यूएईमा जारी आबुधाबी डायलगमा सम्बोधन गर्दै बिहीबार मन्त्री विष्टले नेपालले पछिल्लो समय कानुनी प्रक्रिया परिवर्तन गर्दै श्रमिकको सुरक्षामा ध्यान दिएर काम गरिरहेको बताउनुभएको हो ।

कानुनी र नीतिगत सुधार गर्दै श्रमिकको हीतका लागि नेपालले अघिबढाएको यी प्रयास द्विपक्षीय तथा क्षेत्रीय सहयोगमा सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल अहिले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र भएको र सीप, विप्रशेषण व्यवस्थापन, मर्यादित भर्ना प्रकृया, पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा श्रम बजारको विश्लेषणलाई प्राथमिकता दिइरहेको उहाँले बताउनुभयो । 

श्रमिक लिने देशको साझा मञ्च आबुधाबी डायलग र कोलम्बो प्रोसेसबीचको सहकार्यले क्षेत्रीय सहकार्य थप मजबुद हुने मन्त्री विष्टको भनाइ छ । आज बिहीबार आबुधाबी डाईलग सकेर मन्त्री विष्ट शुक्रबार स्वदेश फर्किने कार्यतालिका छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया