असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

 कात्तिक १४, २०७६ बिहिबार १७:५१:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – अघिल्लो महिना असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या भदौको तुलनामा आधाभन्दा बढीले घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा १७ हजार ६ सय ७ पुरुष र ११ सय ६४ महिला गरी १८ हजार ७ सय ७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 

भदौ महिनामा ३८ हजार ७ सय ४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । असोज महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भदौको भन्दा १९ हजार ९ सय ३३ ले कम हो ।

असोज महिनामा ३४ महिला र ६ सय ६७ पुरुष गरी ७ सय ११ जना कोरिया गएका छन् । भदौमा १ हजार ५७ पुरुष र ८६ महिला गरी १ हजार १ सय ४६ जना कोरिया गएका थिए ।

असोज महिनामा विभिन्न प्रकारका ८८ वटा उजुरी विभागमा दर्ता भएका छन् । यसमध्ये  २५ वटा व्यक्तिगत उजुरी परेका छन् ।

२५ वटा व्यक्तिगत उजुरीको १ करोड ३७ लाख ८६ हजार बिगो दाबी गरिएको छ । १८ वटा उजुरीको अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया