मलेसियामा बस दुर्घटनामा परी नेपाली कामदारसहित १४ जना घाइते

 कात्तिक १८, २०७६ सोमबार १३:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् । 

सामेबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी  १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।

बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै तपाह भन्ने ठाउँमा दुर्घटना भएको हो । पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।

‘बसमा त्यहाँका स्थानीय र विदेशी (इण्डोनेसिया र नेपाल ) गरी ३० जना यात्रुहरु थिए तर तिनीहरुमध्ये १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको छ’, उनले भने, ‘हामी सडक यातायात ऐन १९८७ अन्तर्गत घटनाको अनुसन्धान गर्दैछौँ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया