सुकुटे बस दुर्घटना : तीन वर्षीया बालिका अझै बेपत्ता

 कात्तिक १९, २०७६ मंगलबार १३:२१:६ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको शैलुङ गाउँपालिकाले आइतबार बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारका लागि प्रतिव्यक्ति २० हजारका दरले रकम सहयोग गर्ने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका शैलुङ गाउँपालिकाका १४ जनासहित १८ जना र एक बेपत्ताका परिवारलाई सहयोग स्वरुप रकम उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । 

सुकुटे बस दुर्घटनामा बेपत्ता भएकी ३ वर्षीया बालिकाको अवस्था अझै थाहा हुन सकेको छैन ।

आमा बुवा र दाइसहित बसमा सवार शैलुङ गाउँपालिका वडा नम्बर ४ की तीन वर्षीया बालिका रियुना लामा तामाङ अहिलेसम्म बेपत्ता हुनुहुन्छ । तामाङको सिन्धुपाल्चोक प्रहरीले तीव्र रुपमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश रेग्मीले जानकारी दिनुभयो

आफन्तले शव बुझे

सुकुटे बस दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तले बुझेका छन् । मृतकका आफन्तले सिन्धुपाल्चोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रबिसेमा राखिएका १६ जनाको शव बुझेका हुन् । शवको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा रहेको २ वटा शव अस्पतालबाटै आफन्तले बुझेका छन् ।

दोलखाको मागादेउरालीबाट काठमाण्डौ जाँदै गरेको बस आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा सुनकोशी नदीमा खस्दा शैलुङ गाउँपालिका वडा नम्बर ५ का ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का २ जना र वडा नम्बर २ का १ जना गरी कुल १४ जनाको ज्यान गएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ९ की १ जना र अन्य जिल्लाको ३ गरी १८ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया