कुवेतमा एक नेपाली कामदारको उपचारका क्रममा निधन

 कात्तिक २४, २०७६ आइतबार १५:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कोशराज राई/कुवेत ।

कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । राहदानी नम्बर ११०३६३९० भएका घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो ।

जबिन्द्र रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएका थिए । कुवेत गएको ४३ दिनमै उनको निधन भएको मृतकका भाइ शैलेन्द्र परियारले जानकारी दिनुभयो ।

अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फर्वानियाको सिफा अल जाजिरा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार गर्न सम्भव नभएपछि फर्वानिया अस्पताल रिफर गरियाे । तर त्यहाँ पनि उनलाई बचाउन सकिएन । 

जबिन्द्रलाई एकदमै कम मान्छेमा हुने ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

मृतक परियारका बारेमा दूतावासमा जानकारी भइसकेको बताइएकाे छ । सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावास कुवेतकी द्वितीय सचिव जानकी ओझाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • ujwal karki

    Nov. 10, 2019, 4:57 p.m.

    rip

  •  0 Reply

तपाईको प्रतिक्रिया