नेप्से दोहोरो अङ्कले बढ्यो

 कात्तिक २५, २०७६ सोमबार १७:५८:४ | रासस
unn.prixa.net

काठमाण्डाै - लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरैपछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर रु ५४ करोड ९९ लाख ९८ हजार २४१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । त्यस उपसमूहको शेयर ०.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बीमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बीमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । एनएमबी बैंक १३ करोड ९२ लाख १० हजार १९५ रुपैयाँ बराबरकाे शेयर खरिद-बिक्री सहित शीर्ष स्थानमा रह्यो ।

प्रभु बैंक सात करोड ३३ लाख ६८ हजार ३ सय २ रुपैयाँ, माछापुच्छ्रे बैंक तीन करोड ५९ लाख ३८ हजार ३०७ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर तीन करोड २१ लाख ३३ हजार २४ रुपैयाँ, प्राइम बैंक दुई करोड १३ लाख तीन हजार ५८८ रुपैयाँ र नेपाल बैंकको एक करोड ७६ लाख ६३ हजार ५३० रुपैयाँ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका शेयरधनीले ७.५८ प्रतिशतले कमाए । 

त्यस्तै, एनआईबीएल समृद्धि फन्ड ५.७७, खानीखोला जलविद्युत् कम्पनी ३.५७, सिटी एक्सप्रेस फाइनान्स १.९६, हिमालयन ऊर्जा विकास कम्पनी १.९४ र मेगा बैंकको संस्थापक शेयरका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए  ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया