मन्त्रीबाट हटेपछि गोकर्ण विष्टको प्रतिक्रिया : थप उर्जा र प्रेरणाका साथ बाहिरिएको छु

 मंसिर ५, २०७६ बिहिबार १०:५७:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू थप उर्जा र प्रेरणाकासाथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको छ ।

बिहीबार उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, 'जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ ।'

उहाँले मन्त्रीको रुपमा काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्रीप्रति कृतज्ञता पनि प्रकट गर्नुभएको छ । यस्तै सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैलाई धन्यवाद दिनुभएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको क्रममा मन्त्री विष्टलाई समेत हटाइएको भन्दै धेरैले प्रधानमन्त्रीको आलोचना गरेका छन् । विष्टले सुरक्षित वैदेशिक रोजगारी, देशभित्रै कामको अवसर र श्रमको सम्मान तथा सामाजिक सुरक्षाको क्षेत्रमा सुधारको प्रयास गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • डिल्लीराम सुबेदि

    Nov. 21, 2019, 12:01 p.m.

    2/3को सरकार नाताबाद र भ्रष्टाचारिको पोल्टामा गयर इस्खलित भयो यो सम्पुर्ण नेपाली को लागि धेरै दुखको कुराहो ।देशमा जेहोला भन्ने आम मानिसको बुझाइ भन्दा बिपरित भयो यो नै कमिनिस्ट सरकार को पतनको सुरुवात नहोला भन्न पनि सकिन्न।

  •  0 Reply

तपाईको प्रतिक्रिया