प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डीमा

 मंसिर ८, २०७६ आइतबार १७:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुग्नुभएको छ । 

स्वास्थ्य परीक्षणपछि उहाँ आज नै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी पुगेको जानकारी गराउनु भएको हो । 

प्रधानमन्त्री ओलीको मिर्गाैलाको नियमित डायलाइसिस भैरहेको छ । यसअघि पनि ग्राण्डी अस्पतालमै डायलाइसिस गरिएको थियो । 

१२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री आलीले गएको साउन र भदौ महिनामा सिंगापुर गएर उपचार गराउनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया