बागलुङ र धरानको पछिल्लो मतपरिणाम

 मंसिर १६, २०७६ सोमबार ५:५०:५ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ - प्रदेशसभा उपचुनाव अन्तर्गत बागलुङ २ को (ख) को अन्तिम मत परिणाम आउन बाँकी छ ।

पछिल्लो परिणाम अनुसार चा बागलुङ २ को (ख) मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ९ हजार ९७१ र नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ७ हजार ७ सय ३१ मत ल्याउनुभएको छ ।

यसैबीच, सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको १७ हजार ४ सय ९१ मत आएको छ भने नेकपाका प्रकाश राईले १५ हजार ९ सय ८६ मत पाउनु भएको छ ।

धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया