धरानमा नेकपाभन्दा १३ सय मतले अगाडि कांग्रेस

 मंसिर १६, २०७६ सोमबार ७:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता लिइरहेको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत आएको छ भने नेकपाका प्रकाश राईले २० हजार ८ मत पाउनु भएको छ ।

पछिल्लो परिणाम अनुसार धरानमा नेकपाले मतान्तर घटाउँदै गएको छ । कांग्रेस नेकपाभन्दा १३०३ मतले अगाडि छ ।

धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।

अन्तिम अपडेट: मंसिर २६, २०७६

तपाईको प्रतिक्रिया