चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

 मंसिर १६, २०७६ सोमबार १०:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाली कराते खेलाडी चञ्चला दनुवारले १३ औँ दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् ।

सातदोबाटोमा रहेको कराते हलमा भएको प्रतियोगितामा चञ्चलाले सिनियर महिलामा रजत पदक जितेकी हुन् । उनी फाइनलमा पाकिस्तानकी खेलाडीसँग पराजित भइन् ।

पाकिस्तानकी खेलाडी साहिदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन् । चञ्चलाले २४.६२ अंक पाइन् । 

चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । उनले २४.०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया