धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

 मंसिर १६, २०७६ सोमबार ११:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी हुनुभएको छ । कांग्रेसका तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्नुभएको हो । 

कांग्रेसकका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्नुभएको छ भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । 

धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास रच्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • राम सिंखडा

    Dec. 2, 2019, 12:11 p.m.

    जनमत प्रापत गर्नेलाई बधाई छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया