महानगरपालिका भित्रका विज्ञापन हटाउन ७ दिनको म्याद, नहटाए खर्च असुलेर हटाइने

 मंसिर १६, २०७६ सोमबार १२:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानगरपालिकाले अनधिकृत विज्ञापन, पर्चा, पम्प्लेटलगायतका विज्ञापन ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगर क्षेत्रभित्रका घर, कम्पाउन्ड, छत, बिजुलीका खम्बा, डिभाइडर आदीमा राखिएका पर्चा, पम्प्लेट, भित्तेलेखन, विज्ञापन बोर्ड, होडिङबोर्ड आदीले सहर कुरुप बनाएको र मानव स्वास्थ्यमा असर परेकाले तत्कालै त्यस्ता विज्ञापन हटाउन महानगरले एक हप्ते सूचना निकालेको हो ।

सात दिनभित्र सम्बन्धित संस्था तथा व्यक्तिले विज्ञापन नहटाए महानगरले हटाउने र त्यसवापत लागेको खर्च पनि उनिहरुबाटै असुलिने महानगरपालिकाले जनाएको छ ।

सर्वोच्च अदालतको २०७२ सालको भदौ १६ गतेको फैसलाले पनि काठमाण्डौमा विज्ञापन र प्रचार सागम्री राख्न नपाउने व्यवस्था गरेको थियो ।

यस्तै, महानगरपालिकाको २०७६ साल कात्तिक १७ गतेको निर्देशिका र विज्ञापन नितिले पनि सहर कुरुप बनाउने र मानव स्वास्थ्यमा  असर गर्नेगरी विज्ञापन तथा प्रचार सामग्रीमा रोक लगाएको छ ।

अन्तिम अपडेट: मंसिर २३, २०७६

तपाईको प्रतिक्रिया