१३‍औँ साग : ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १२:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३औँ दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथलनमा नेपाली खेलाडी सोनु गुरुङले स्वर्ण जितेकी छिन् ।

पोखरामा भएको प्रतियोगितामा महिलाको इलाइट स्प्रिन्टमा उनले उपाधि जित्न सफल भइन् । ट्रायथलनमा नेपालले पहिलो पटक सागमा स्वर्ण जितेको हो । 

सोनीले एक घण्टा १३ मिनेट ४५ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारिन् । दोस्रो र तेस्रो स्थानमा भारतीय खेलाडी रहे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया