महिला क्रिकेटमा अञ्जली चन्दको विश्व कीर्तिमान

 मंसिर १६, २०७६ सोमबार १२:३९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गर्‍याे ।  

यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्‍याे । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन् ।

उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । र तेस्रो ओभरमा थप एक विकेट लिइन् । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन् ।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया