प्रधानमन्त्री ओली अझ केही दिन अस्पतालमै बस्ने

 मंसिर १८, २०७६ बुधबार २०:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीले गएकाे साेमबार अस्पतालबाटै भिडियाे सन्देशमार्फत आफ्नाे स्वास्थ्यमा सुधार भएकाे जानकारी दिनु भएकाे थियाे । सन्देशमा उहाँले सागकाे उद्घाटन समाराेह पुरै हेरेकाे पनि बताउनु भएकाे थियाे । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया