इंग्लिस प्रिमियर लिगमा लिभरपुलको आठ अंकको अग्रता

 मंसिर १९, २०७६ बिहिबार ७:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड जमाइराख्दा लेस्टर सिटी पनि दोस्रो स्थानमा यथावत छ ।

एभर्टनलाई ५–२ ले हराउँदै लिभरपुलले १५औँ चरणको खेल सकिँदा आठ अंकको अग्रता लिएको छ । लेस्टर सिटीले पनि रेलिगेसन जोनको वाट्फोडएलाई २–० ले हराउँदै दोस्रो स्थानका लागि तीन अंकको अग्रता लिएको छ ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले एभर्टनलाई हराउँदै डिभोक ओरिगीले दुई गोल गरे भने जेर्दन शाकिरी, साडियो माने, जर्जिनियो विनाल्डमले एक–एक गोल गरेका थिए ।

ओरिगीले छैटौँ र ३१ औँ मिनेटमा गोल गरेका थिए भने शाकिरीले १७ औँ मिनेटमा र मानेले ४५औँ मिनेटमा गोल गरेका थिए ।

विनाल्डमले ९० मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमै ६ गोल भएको खेलको २१औं मिनेटमा माइकल किन र इन्ज्युरी समयमा रिचार्डलिसनले गोल गर्दा लिभरपुलले ४–२ को अग्रता लिएको थियो ।

जितसँगै लिभरपुलले ४३ अंक बनाएको छ भने एभर्टनमाथि रेलिगेसनको दबाब बढेको छ ।

लेस्टरले वाट्फोर्डलाई हराउँदा जेमी भार्डीले ५५ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । अर्को गोल दोस्रो गोल जेम्स म्याडिसनले इन्ज्युरी समयमा गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया