कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)मा भुटानले दोस्रो जित निकालेको छ । माल्दिभ्सलाई दुई-एकले स्तब्ध बनाएको भुटान यो जितले फाइनल नजिक पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा भुटानको जितमा छिमी दोर्जी र फुब थिन्लेले एक-एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियाे । खेलको दोस्रो हाफमा भुटानले उत्कृष्ट प्रदर्शन गर्याे ।
खेलको ५५ औं मिनेटमा छिमीको गोलमा भुटानले अग्रता बनायो । त्यसपछि ८४ औं मिनेटमा फुबको गोलमा भुटानले २-० काे अग्रता बनायाे । खेलको ९७ औं मिनेटमा माल्दिभ्सका हज्मा मोहम्मदले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् ।
यो जितले भुटानले अंक तालिकामा ६ अंक बनाएको छ । नेपालको चार अंक छ भने माल्दिभ्स र श्रीलंकाको दुई-दुई अंक छ । बंगलादेशकाे भने एक अंक रहेकाे छ ।
भुटानले यसअघि बंगलादेशसँग एक-शून्यको जित निकालेको थियो भने नेपालसँग चार-शून्यले पराजित भएको थियो । नेपालले अब माल्दिभ्स र बंगलादेशसँग खेल्न बाँकी रहेकाे छ ।