रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

 मंसिर २०, २०७६ शुक्रबार ८:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरको एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरकाे स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्काेमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया