त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
खोटाङ – खोटाङमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको बिजुलेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक टंक खत्रीको ज्यान गएको हो ।
दिक्तेलमा मर्मत गरी हिँडेको अटो दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो । ज्यान गएको व्यक्तिको उमेर ठेगाना खुल्न बाँकी छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।