सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा फाइनल प्रवेशका लागि नेपाल बंगलादेश खेलिरहेका छन् ।
खेलको पहिलो हाफमा नेपाल एक–शून्य गोलले अघि छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।
आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको अवस्थामा पनि उपविजेता बन्दै नेपाल फाइनल पुग्नेछ । भुटान श्रीलंकालाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
यो खेलमा विजयी हुने टोलीले मंगलबार भुटानसँग उपाधिका लागि खेल्नेछ ।