नागरिकता विधेयक पारित हुनेमा सत्तारुढ दलका सांसदकै शंका

 मंसिर २२, २०७६ आइतबार २०:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दलकै सांसदले संघीय संसदको आउदो अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा शंका व्यक्त गरेका छन् ।

काठमाण्डौमा भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा सत्तारुढ नेकपाका सांसदले नागरिकता विधेयकमा सहमति जुटेर आउदो संसद अधिवेशनमा पेस हुने विषयमा नै शंका व्यक्त गरेका हुन् ।

नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्दर्भमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा संसद अधिवेशनमा पेस हुन नसकेको नागरिकता विधेयकमा सहजै सहमति जुट्ने संभावना आफुले नदेखेको बताउनुभयो ।

कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सत्तारुढ दलकै सांसद कृष्णभक्त पोख्रेलले नागरिकता विधेयक संसदमा पेश हुन नसक्नुको दोष अरुलाई दिन नमिल्ने भन्दै आउँदो अधिवेशनमा पेश गर्ने गरि तयारी गर्न सम्बन्धीत समितिका सभापतिलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया