सुनचाँदीकाे भाउ घट्याे

 मंसिर २४, २०७६ मंगलबार ११:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको भाउ साेमबार पनि तोलामा ५ रुपैयाँ नै घटेको थियो । डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत भएपछि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया