वीरगञ्जमा आमा छाेरीकाे शव फेला

 मंसिर २४, २०७६ मंगलबार १२:९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - वीरगञ्ज महानगरपालिका वडा न. १२ नयाँ टोलमा आमा छोरीको शव फेला परेकाे छ ।  

मुर्लीको नयाँ टोल निवासी मोहन झाको घरमा डेरामा बस्दै आएका आमाछोरीको शव साेमबार साँझ सडेको अवस्थामा फेला परेको हाे । घरमा धेरै दुर्गन्ध फैलिएपछि घरबेटी झाले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने वित्तिकै वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लको टोलिले ढोकाको ताला फुटाएर हेर्दा अन्दाजि २२ बर्ष र अन्दाजि २ बर्षकी आमा छोरीको शव सडेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव नारायणी अस्पतालमा पठाएको छ । घरबेटी झाको भनाई अनुसार मृत्यु हुनेमा पेन्टिंगको काम गर्दै आएका बाराको कलैया उपमहानगरपालिका वडा न. २६ सिसुवा महेशपुरका पवन साहकी श्रीमती भएको बताईए पनि यकिन भने हुन नसकेको प्रहरी नायव उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिनुभयो ।

पवन साह फरार रहेकोले उनको खोजी र घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया