महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र हो कि भन्ने आभास भइरहेको छ : अध्यक्ष शर्मा

 मंसिर २४, २०७६ मंगलबार १४:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा अपराध र दण्डहीनता बढेको बताउनुभएको छ । 

७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहीनतामा कमी नआएको बताउनुभएको हो ।

चुनाव सम्पन्न गरी नागरिकले चुनेका प्रनितिधिहरु सत्तामा भएप नि निष्कृय रहनु दुःखद भएको उहाँले बताउनुभएको छ । ‘अहिलेको समय हाँसाे ठट्टा गर्ने समय होइन् तर गणतन्त्र महादेवका उच्छृङ्खल गणहरुको गणतन्त्र हो कि भन्ने आभास भइरहेको छ’, उहाँले भन्नुभयो । मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

आचरण नै अधिकारवादीहरुको शक्ति भएको बताउँदै उहाँले हतियारको नभइ विचारको लडाइँ लड्ने समेत बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी निकालिएको थियो । भद्रकालीबाट निकालिएको प्रभारतफेरी सुन्धारा, वीर अस्पताल हुँदै शान्ति वाटिकामा पुगेर सकिएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया