सर्लाहीमा ५० हजार रुपैयाँ घुससहित सई र प्रहरी जवान पक्राउ

 मंसिर २५, २०७६ बुधबार ८:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – ब्रह्म्पुरी गाउँपालिकाबाट सेवा सेवाग्राहीसँग घुस लिँदै गर्दा दुई जना प्रहरी पक्राउ परेका छन् । 

भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले मंगलबार पक्राउ गरेको हो । 

प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत उनीहरूले भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउँदै गरेकासँग घुस रकम लिँदै गरेको सूचना पाएपछि रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौ पठाइएको छ । 

अख्तियारले उनीहरूलाई पक्राउ गरेपछि केहीबेर अख्तियारको टोली र स्थानीयबीच भनाभन समेत भएको थियो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया