जावलाखेल युथ क्लबलाई प्रभु बैंकको प्रायोजन

 मंसिर २९, २०७६ आइतबार १०:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न लागेको जावलाखेल युथ क्लबलाई ‘प्रभु बैंक’ ले प्रायोजन गरेको छ । अब क्लबको नाम ‘प्रभु जावलाखेल युथ क्लब’ हुने छ ।

१ वर्षका लागि गरेको प्रायोजन बापत प्रभु बैंकले २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विसं २०३९ सालको लिगमा दोस्रो र विसं २०६७ सालको लिगमा तेस्रो स्थान हात पार्नु नै जावलाखेलले हासिल गरेको ठूलो उपलब्धि हो ।

सम्झाैता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशाेक शेरचन र जावलाखेल युथ क्लबकाे तर्फबाट महेन्द्र क्षत्रीले हस्ताक्षर गरे । 

यो लिगमा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ जावलाखेलले तीन जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ भने सिक्किमबाट अर्का एक जना खेलाडी ल्याउने तयारी पनि गरिरहेको छ ।

प्रभु बैंकले प्रायोजन गरे बापत यो वर्ष जावलाखेलका खेलाडीले लगाउने जर्सीको अघिल्लो भागका बैंकको लोगो अंकित हुने छ । 

जावलाखेलले यस सिजनको लिगका लागि एपीएफबाट रुपबहादुर लामा, ब्रिगेड ब्वाइजबाट दिलेन लोक्ताम, नेपाल पुलिसबाट हरि कठायत र सुरज घिमिरेलाई पनि टिममा आबद्ध गरेको छ ।

जावलाखेलको टिमः

कुलदीप कार्की (कप्तान), टेकेन्द्र थापा, अरुण ब्लोन, सुशील कुमार यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजित बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, एरुज सिंह, समिर कार्की, रुपबहादुर लामा, विजय घलान, यज्ञ प्रधान, दिलेन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाइबा र गौरव श्रेष्ठ रहेका छन् । 

यसैगरी विदेशी खेलाडीमा डेडी जुनियर वाम्बा (क्यामरुन), फोडे फोफाना (गुयना), एड्मा डुमिवा (माली) छन् ।

त्यस्तै प्रशिक्षकमा नरेश थापा, सहायक प्रशिक्षकमा जग्गुनाथ खड्का, व्यवस्थापकमा प्रदीप तण्डुकार र सहायक व्यवस्थापकमा विकास कार्की रहेका छन् । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया