मेलम्ची समयमै पूरा हुनेमा शंका छ : आयाेजना प्रमुख

 पुष १४, २०७६ सोमबार १८:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - मेलम्ची खानेपानी आयोजना तोकिएकै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गर्नुभएको छ । .

प्रतिनिधिसभा अर्न्तगतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नै आयोजना तोकिएकाे मितिमा सम्पन्न हुनेमा शंका व्यक्त गर्नुभएको हो । 

बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले अहिलेसम्म सन्तोषजनक काम गरे पनि सीएमसीले भुक्तानी दिन बाँकी रकमको लागी आपूर्तिकर्ताहरुको अवरोध हुन सक्ने खतरा रहेको उहाँले बताउनुभयो ।  

आयोजना प्रभावित क्षेत्रबाट सडक, खानेपानी लगायतका थप आयोजनाको माग, रोयल्टी बाँडफाँड लगायतका समस्या बाँकी नै रहेका कारण आयोजना समयमा सम्पन्न हुनेमा खतरा कायम रहेको उहाँले बताउनुभयो ।

त्यसका लागि सुरक्षाको विशेष प्रबन्ध गर्नुपर्ने तथा आयोजना प्रभावित नागरिकको सडक, खानेपानी लगायतका माग सम्बोधन गर्न आवश्यक रहेको उहाँको भनाइ छ। सीएमसीले स्थानीय ठेकदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेकाे छ । सरकारले ज्याला बापत श्रमिकहरुलाई २ करोड ७३ लाख रुपैयाँ भुक्तानी दिई सकेको छ । 

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिकेपछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । 

कम्पनीले कुनै अवरोध नआए दुई सिफ्टमा काम गरेर भए पनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दाबी गरीरहेको छ । कम्पनीले यो आर्थिक वर्षभित्र पानी काठमाण्डाैमा खसाल्ने र आउँदो आर्थिक वर्षमा आयोजनाको काम सम्पन्न गर्ने गरी ठेक्का पाएको हो ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया