मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गर्ने पक्राउ

 पुस १५, २०७६ मंगलबार ९:३०:३१ | हेमराज शर्मा
unn.prixa.net

फाइल फोटो

हेटौँडा – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र व्यवहार गर्ने एक जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ । 

रक्सी सेवन गरी टेलिफोनबाट अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौको टोलीले नुवाकोट तादी गाउँपालिका ३ बस्ने पुष्पराज  पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेलाई साेमबार दिउँसो पक्राउ गरिएको र आज त्याे विषयमा अनुसन्धान गरिने अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताउनुभयो ।

मुख्यमन्त्री पौडेललाई पाण्डेले टेलिफोनमार्फत 'तथा नाम' भनेर अपशब्द प्रयोग गरेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया