जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
३० डिसेम्बरमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डमाथि जित निकालेपछि २०१९ को क्रिकेट क्यालेण्डर अन्त्य भएको छ ।
सन् २०१९ मा सबैभन्दा धेरै टेस्ट म्याच जित्ने रेकर्ड भने अस्ट्रेलियाले बनायो । भारतीय टिमले भने टी-२० मा यो रेकर्ड बनाएको छ । टेस्ट क्रिकेटमा अस्ट्रेलियाका मार्नस लाबुशेन अब्बल सावित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पाएकाे मौकाको सदुपयोग गर्ने कुरामा अस्ट्रेलियाका लाबुशेन अगाडि नै छन् ।
एशेज सिरिजमा स्टिभ स्मिथ घाइते भएपछि खेल्न पाएका मार्नस लाबुशेन प्रदर्शनकै बलमा टिममा स्थान बनाउन सफल भए । यस क्रममा वर्ल्ड टेस्ट च्याम्पियनशिपमा १००० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान पनि लाबुशेन नैै बनेका छन् ।
यो वर्ष उनले ११ टेस्टका १७ पारीमा १हजार १ सय ८५ रन बनाए । जसमा ३ शतक र ७ अर्धशतक पनि समावेश छन् । लाबुशेनले टेस्ट क्रिकेटमा विराट कोहली, स्टिभ स्मिथ, केन विलियम्सन र जो रुट जस्ता शीर्ष खेलाडीलाई पछाडि पारे ।
टप १० मा अस्ट्रेलिया र इंग्ल्याण्डको दबदबा
यो वर्ष टेस्ट म्याचमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अस्ट्रेलिया र इंंग्ल्याण्डका खेलाडीको दबदबा रह्यो । टप १० खेलाडीको सूचीमा अस्ट्रेलिया र इंग्ल्याण्डका चार चार खेलाडीले स्थान बनाएका छन् ।
अस्ट्रेलियाका मार्नस लाबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड र डेभिड वार्नर । यसैगरी इंग्ल्याण्डका जो रुट, रोरी बर्न्स, बेन स्टोक्स र जो डेन्ली छन् । बाँकी दुई जनामा भारतका मायांक अग्रवाल र दक्षिण अफ्रिकाका क्विन्टन डी कक परेका छन् ।
मायांक अग्रवाल नम्बर १ भारतीय क्रिकेटर
भारतीय ब्याट्सम्यान मायांक अग्रवालले आफ्नो देशका सबै शीर्ष खेलाडीहरुलाई पछि पारे । २०१९ मा उनले ८ टेस्ट म्याचमा ७५४ रन बनाएका थिए । उनको उत्कृष्ट स्कोर २४३ हो । मायांकले ३ शतक र ४ अर्धशतक पनि बनाएका छन् । २०१९ मा दोहोरो शतक बनाउने एक मात्र भारतीय खेलाडी पनि उनी नै बने।
भारतले २०१९ मा ८ वटा टेस्ट क्रिकेट खेलेकोमा जसमा सात म्याचमा जित पनि हात पार्न सफल भयो । तर टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भारतका मायांक अग्रवाल मात्रै अटाएका छन् ।