मिटरब्याज प्रकरणमा पक्राउ परेका रामबाबु राय यादवलाई अविलम्ब छाड्न राजपा सर्लाहीको माग

 पुस २४, २०७६ बिहिबार २०:१५:० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही  – राष्ट्रिय जनता पार्टी सर्लाहीले मिटरब्याजी राजपाका केन्द्रिय सदस्य रामबाबु राय यादवलाई अविलम्ब छाडनुपर्ने माग गरेको छ । 

चर्को मिटर ब्याजमा ऋण लगानी गरेर सर्वसाधरणलाई ठगी गरेको आरोपमा पक्राउ परेका यादवलाई छाड्न माग गर्दै सदरमुकाम राजपा सर्लाहीले मलंगवामा विरोध प्रदर्शन गरेको हो। 

राजपा नेपालका सर्लाही संयोजक सुशिल राय यादवको नेतृत्वमा निस्किएको जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीलाई ज्ञापनपत्र बुझाएको थियो । 

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना केन्द्रीय सदस्यमाथि लागेको झुठो मुद्दा तत्कालै खारेज हुनुपर्ने राखेका छन् । उनीहरुले प्रहरी हिरासतमा रहेका यादवलाइ तत्कालै थुना मुक्त गरिनुपर्ने माग राखेका छन्। 

आफ्नो नेतालाई अनावश्यक रानीतिक प्रतिशाेधले झुटाे मुद्दा लगाएर फसाउन लागेको भन्दै नछोडे शुक्रबारबाट आन्दोलन गर्ने राजपा सर्लाहीका संयोजक रायले चेतावनी दिनुभयो। 

चर्को मिटर ब्याज लिएर ठगी गरेको आरोप लागेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको छ। 

यादवले बुधबार दिउँसो सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यहार गरेकाले यादवमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रहरी हिरासतमा रहेका यादवलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले १० दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ। 

यता यादवबाट पीडित भएका भनिएकाहरु जिल्ला फर्किएका छन्। उनीहरुले अब आफूले चाँडै न्याय पाउने विश्वास लिएका छन् । अर्का मिटरब्याजी संजय गुप्ता भने फरार छन्। उनको नेपाल र भारत दुबै तिरको नागरिकतासँगै घर समेत रहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया