त्रिभुवन विमानस्थल नजिकै नक्कली विमान दुर्घटना !

 जेठ १०, २०७५ बिहिबार १३:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १० – ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ । विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् ।  

तर यो साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको आकस्मिक अभ्यास हो । त्रिभुवन विमानस्थलमा विहीबार यसरी आकस्मिक अभ्यास गरिएको हो । 

खनालपुर विमानस्थल भनेर काल्पनिक विमानस्थलको नाम दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।  दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउने भन्ने बारेमा अहिले अभ्यास भइरहेको हो । स्वास्थ्य मन्त्रालय र नागरिक उड्डन प्राधकिरणले विमानस्थलमा आकस्मिक अभ्यास गरेका हुन् । बिभिन्न प्राविधिक नाम दिएर आकस्मिक अभ्यास गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया