‘भारत एसिया कप खेल्न पाकिस्तान नआए हामी पनि टी–२० विश्वकप खेल्न भारत जाँदैनौँ’

 माघ १२, २०७६ आइतबार १०:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत एसिया कप खेल्न पाकिस्तान नआए आफूहरु पनि टी–२० कप खेल्न भारत नजाने बताएको छ । 

सन् २०२१ को टी–२० विश्वकपको आयोजना भारतले गर्दैछ । त्यस्तै यो वर्षको सेप्टेम्बरमा हुने एसिया कप टी–२० पाकिस्तानमा हुने तय भएकाे छ ।  

पीसीबीका कार्यकारी निर्देशक वसीम खानले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले पाकिस्तानले एसिया कपको आयोजना गर्ने जिम्मा बङ्गलादेशलाई दिएको भन्ने समाचारको खण्डन पनि गरेका छन् ।

वसीमले भने, ‘एसियाली क्रिकेट परिषद् (एसीसी) ले हामीलाई नै टी–२० को आयोजना गर्ने अधिकार दिएको छ । हामी त्यो अधिकार कसैलाई सुम्पिन सक्दैनौँ । हामीसँग त्यो अधिकार छैन ।’
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया