८ महिनामा २० वटा गैंडा मरे, चोरी–शिकारीबाट हुने मृत्यु शून्य

 चैत ५, २०८१ मंगलबार १५:३:५८ | रासस
unn.prixa.net

फाइल तस्वीर

चितवन – चालू आर्थिक वर्षको ८ महिनामा २० वटा गैंडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैंडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालू आर्थिक वर्षमा मृत भेटिएका गैंडाहरू प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।

यस आर्थिक वर्षमा चोरी–शिकारीका कारण भने गैंडा नमरेका उहाँले जानकारी दिनुभयो । गएकाे आर्थिक वर्षमा २१ वटा गैंडा मरेका थिए । मरेका गैंडामध्ये १८ वटा प्राकृतिक कारण मरेकामा २ वटा चोरी–शिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैंडा मरेका थिए । तीमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–शिकारीका कारण मरेका थिए ।

प्राकृतिक कारणले धेरै गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरूमा प्राकृतिक कारणबाट हुने गैंडाको मृत्युदर घट्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ वटा गैंडा मरेका थिए । त्यसपछिका वर्षहरूमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ ।

सन् २०२१ को गणना अनुसार नेपालमा गैंडाको सङ्ख्या ७ सय ५२ वटा रहेको छ । एकसिङ्गे गैंडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा ३ वटा गैंडा रहेको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा गैंडा गणना कार्यक्रम रहे पनि स्थगन भएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया