युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले आज पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सामेल नहुने घोषणा गर्नुभएको हो । केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार नगरिएको उहाँको आरोप छ । उहाँले सङ्घ, प्रदेश र पालिकाबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यस पटकको एसईई प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले मधेशका आठै जिल्लाका परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिनुभएको थियो । तर त्यस विपरीत केन्द्राध्यक्ष छानिएको भन्दै उहाँको असन्तुष्टि थियो ।
मुख्यमन्त्री सिंहले प्रदेशको निर्देशन विपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा छानबिन गरी परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।