निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट लुक्ला उडान थाले

 चैत ५, २०८१ मंगलबार १५:४४:४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – पर्यटकीय सिजन शुरू भएसँगै निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट सोलुखुम्बुको लुक्लामा उडान भर्न थालेका छन् । रामेछाप विमानस्थलबाट तारा एअर र समिट एअरले गएकाे आइतवारदेखि उडान भर्न थालेका हुन् ।

सङ्घीय राजधानी काठमाण्डौकाे त्रिभुवन विमानस्थलमा चाप धेरै भएपछि पर्यटकीय सिजनमा रामेछापको विमानस्थलबाट सोलुको लुक्लामा उडान हुँदै आएको छ । काठमाण्डाैबाट सगरमाथा आधारशिविरतर्फ जाने पर्यटकहरू गाडीमा बीपी राजमार्ग हुँदै रामेछापको सदरमुकाम मन्थलीसम्म आउने गरेका छन् ।

रामेछाप विमानस्थलबाट विमान कम्पनीहरूले दैनिक सरदर ४५ देखि ६० वटा उडान सोलुको लुक्लामा गर्दै आएका छन् । प्रतिकूल मौसममा उडान नहुँदा पर्यटकहरू स्थलमार्ग हुँदै गाडीमार्फत लुक्ला जाने गरेका छन् ।

रामेछाप नागरिक उड्डयन कार्यालयका एअर ट्राफिक कन्ट्राेल (एटीसी) प्रज्वल गुरागाईंका अनुसार आइतवार मौसम सहज भएर उडान भरेका विमानहरूले ९७ जना यात्रुलाई सेवा दिएका थिए । हिजो सोमवार भने लुक्लामा मौसम खराब हुँदा उडान हुन सकेन । हिजो दिनभर जहाजले उडान भर्न नसकेपछि हेलिकप्टर चार्टर्ड गरी पर्यटकहरू लुक्ला गएका थिए ।

काठमाण्डाै विमानस्थलमा उडान र अवतरणका लागि धेरै समय पालो पर्खनुपर्ने भएकाले धेरै उडान गर्नुपर्ने सिजनमा रामेछाप विमानस्थलबाट लुक्लाको उडान थालिएको केही वर्ष भएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया