प्रतिनिधि सभाकाे सभामुखमा अग्निप्रसाद सापकाेटा निर्विराेध निर्वाचित

 माघ १२, २०७६ आइतबार १५:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाकाे सभामुख पदमा अग्निप्रसाद सापकाेटा निर्विराेध निर्वाचित हुनुभएकाे छ । 

आइतबार बसेकाे संसद बैठकले सापकाेटालाई निर्विराेध निर्वाचित गरेकाे हाे ।  

सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले  उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।  

सापकाेटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले  समर्थन जनाउनुभएकाे थियाे ।  
        
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतबारका लागि सभामुख चुनावको मिति तय गरेको थियो । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गएकाे असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गएकाे पुस ४ गते सुरु भएको संघीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया