काठमाण्डाैका यी ठाउँमा साेमबार ९ घण्टा बत्ती जाने

 माघ १३, २०७६ सोमबार ११:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौका विभिन्न ठाउँमा अहिले बत्ती गएको छ ।

चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेकाले साेमबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुलीको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोङ्गबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्रमा बत्ती गएको छ । 

अन्तिम अपडेट: फागुन २, २०७६

तपाईको प्रतिक्रिया