जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
रसुवा – गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएका दुई जना मृत भेटिएका छन् ।
गएकाे माघ ३ गतेदेखि हराएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ हेलम्बुका १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङको शव फेला परेको हो ।
गएको पुस २८ गते गोसाइँकुण्ड जान भनेर हिँडेका उनीहरू हिमपात भएपछि माघ ३ गतेसम्म नुवाकोटको घ्याङफेदीकाे एउटा होटलमा बसेका थिए । बाक्लो हिउँ जमेपछि गोसाइँकुण्ड जान नसकिने भन्दै उनीहरू काठमाण्डाैतर्फ फर्किएका थिए ।
काठमाण्डाै फर्कने क्रममा उनीहरु बीचैमा हिउँमा फसेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बाटोमा हिँड्दै गर्दा चिप्लिएर खोचमा परेपछि उनीहरु माथि आउन नसकेकाे र हिउँमा पुरिएकाे अनुमान गरिएकाे छ ।
स्थानीयले सोमबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।