जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
स्पेनिश क्लब बार्सिलोनाले आफ्ना स्टार खेलाडी इभान राकिटिकलाई बेच्ने योजना बनाएको छ ।
बार्सिलोनाका मिडफिल्डर राकिटिकप्रति म्यानचेस्टर युनाइटेडले चासाे देखाएको बताइएको छ ।
बार्सिलोनाले खेलाडी बेच्ने निर्णय गरेसँगै बेच्ने खेलाडीको पहिलो नम्बरमा राकिटिकको नाम आएको छ । युनाइटेडका प्रशिक्षक गुनर पनि राकिटिकलाई अनुबन्धित गर्नका लागि इच्छुक देखिएका छन् ।
बार्सिलोनामा ६ वर्ष बिताइसकेका क्रोएशियाका ३१ वर्षीय राकिटिक बार्सिलोनाका पुराना खेलाडी हुन् । बार्सिलोनाको साथमा उनले २९० खेलमा ३४ गोल तथा ३९ असिस्ट गरेका छन् ।
एजेन्सीका अनुसार युनाइटेडले मिडफिल्डर राकिटिकका लागि बार्सिलोनासँग वार्ता थालिसकेको छ । राकिटिकले बार्सिलोनासँग २०२१ सम्मका लागि सम्झौता गरेका छन् तर दुई क्लबको सहमतिमा उनले क्लब छाड्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।